Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

कामदार बोकेको डुङ्गा दुर्घटनाः ५९ जनाको मृत्यु

कामदार बोकेको डुङ्गा दुर्घटनाः ५९ जनाको मृत्यु

  • इटालीको दक्षिणी क्षेत्रमा आप्रवासी कामदार बोकेको डुङ्गा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५९ पुगेको छ। डुङ्गा दुर्घटना हुँदा १२ बालबालिकासहित ५९ जनाको मृत्यु भएको बीबीसीको समाचारमा उल्लेख छ।

    onlinepatrika
    Arghakhachi

    दुर्घटनामा परेका ८० जनाको जीवितै उद्धार गरिएको छ। दुर्घटनामा परेका ३० जना अझै हराइरहेका छन्।
    दुर्घटनामा बाँचेकाहरूले १ सय ५० जनाभन्दा धेरै सवार रहेको बताइए पनि उद्धारकर्ताले भने दुई सय भन्दा धेरै रहेका बताएका छन्।

    AGNI GROUP

    अफगानिस्तान, पाकिस्तान, सोमालिया र इरानका नागरिका डुङ्गामा थिए। पछिल्लो समय बढ्दो अशान्ति र द्वन्द्वका कारण उनीहरु देश छोडेर हिँडेका समाचार संस्था एएफपीले जनाएको छ।

    मौसममा आएको खराबीका कारण दुर्घटना भएको प्रारम्भिक अध्ययनले देखाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij