
Apr 30 2025 | २०८२, वैशाख १७ गते
न्युजिल्यान्डको उत्तरी टापुमा आएको चक्रवात ‘ग्याब्रिएल’का कारण आएको बाढी र पहिरोमा परी आठ जनाको मृत्यु भएको छ । चक्रवात र यसका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा तीन हजार ५०० भन्दा बढी बेपत्ता भएका छन् ।
सन् २०११ को फेब्रुअरीमा क्राइस्टचर्चमा गएको भूकम्पपछि न्युजिल्यान्डमा अहिलेसम्म नदेखिएको उक्त प्रतिकूल प्राकृतिक घटनाका कारण करिब १० हजार मानिस विस्थापित भएको अधिकारीहरूले बताएका छन् ।
प्रधानमन्त्री क्रिस हिपकिन्सले शुक्रबार हक्स बेमा सञ्चारकर्मीसँग भन्नुभयो, “यो हाम्रो देशमा यो शताब्दीमा देखिएको सबैभन्दा ठूलो प्राकृतिक प्रकोप हो । आँधीका कारण धेरै नागरिकले ज्यान गुमाएको हुनसक्ने बताइएको छ ।”
न्युजिल्यान्डका अन्य भागबाट ७० जनाभन्दा बढी कर्मचारीलाई हक्स बे र तायराविटीमा पुनः खटाइएको प्रहरीले जनाएको छ ।
न्युजिल्यान्डले सोमबार देशको इतिहासमा तेस्रो पटक आपत्कालीन अवस्थाको घोषणा गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij