Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

टर्कीमा भूकम्पपछि लुटपाट बढ्यो, ४८ जना पक्राउ

टर्कीमा भूकम्पपछि लुटपाट बढ्यो, ४८ जना पक्राउ

  • टर्कीमा भूकम्प गएपछि लुटपाटका घटना बढेका छन् । लुटपाटमा संलग्न भएको आरोपमा ४८ जनालाई प्रहरीले पक्राउ गरेको हो । भूकम्पका कारण विस्थापितहरु मारमा परेकै बेला लुटपाटको घटना बढ्दा भूकम्प पीडितहरु थप मारमा परेका छन् ।

    images
    images
    images

    लुटपाटका घटना बढ्न थालेपछि टर्की सरकारले अनुसन्धानका लागि एक कमिटी गठन गरेको छ। कमिटीको अनुसन्धानपछि ८ वटा अलग–अलग प्रान्तबाट संदिग्ध ४८ जनालाई पक्राउ गरिएको हो ।

    यसअघि टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोआनले लुटपाट लगायतका अपराधमा संलग्नलाई कडा कारबाही गर्न निर्देशन दिनुभएको थियो । भूकम्पपछि राष्ट्रपति एर्दोआनले टर्कीका १० प्रान्तमा ३ महिनासम्मका लागि संकटकाल घोषणा गरिसक्नु भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij