
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने तीनजना पक्राउ परेका छन् ।
ट्राफिक प्रहरीले बा १८ च ८४३७ नम्बरको पिकअप जिप चालक गणेश कार्की, बा १६ प ४४९१ नम्बरको मोटरसाइकल चालक अंकित भट्टराई र वाग्मती प्रदेश–०२–०३१ प ४८८ नम्बरको मोटरसाइकलका चालक सुमन रावतलाई पक्राउ गरेको छ ।
काठमाडौंको बूढानीलकण्ठबाट शुक्रबार बिहान उनीहरूलाई पक्राउ गरिएको हो । थप कारबाही र अनुसन्धानका लागि उनीहरूलाई प्रहरी वृत्त महाराजगञ्ज पठाइएको काठमाडौं उपत्यका ट्राफिक कार्यालयले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij