Logo

Jun 10 2025 | २०८२, जेठ २७ गते

Jun 10 2025 | २०८२, जेठ २७ गते

अब उडानमै इन्टरनेट चलाउन पाइने

अब उडानमै इन्टरनेट चलाउन पाइने

  • काठमाडौं । नेपालको आकाशमा उडान गर्ने हवाई सेवाप्रदायकले उडानका क्रममा सञ्चार सेवा उपलब्ध गराउन पाउने बाटो खुलेको छ ।

    images
    images
    images

    नेपाल दूरसञ्चार प्राधिकरणले उडानका क्रममा हुने सञ्चारसम्बन्धी अन्तरिम निर्देशिका जारी गर्दै यस्तो बाटो खुला गरेको हो । यससँगै उडानकै क्रममा यात्रुले मोबाइल तथा इन्टरनेट सेवा उपयोग गर्न पाउनेछन् ।

    images

    निर्देशिकाले उडानका क्रममा यस्तो सेवा प्रदान गर्न चाहनेलाई सेवाप्रदायकको अनुमति दिने व्यवस्था गरेको हो । यो व्यवस्थाअनुसार अनुमति प्राप्त सेवाप्रदायकले नेपालको आकाशमा उडानका क्रममा सञ्चार सेवा उपलब्ध गराउन चाहने स्वदेशी तथा विदेशी हवाई सेवाप्रदायकलाई त्यस्तो सेवा उपलब्ध गराउन सक्नेछन् ।

    निर्देशिकाअनुसार १० हजार फिटमाथि उडान गरिरहेको र अवरोध नहुने अवस्थामा मात्र त्यस्तो सञ्चार सेवा उपलब्ध गराउन पाइनेछ । त्यसभन्दा कम उचाइको उडानमा भने यात्रुका लागि यस्तो सेवा प्रतिबन्ध गरिएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij