Jun 06 2026 | २०८३, जेठ २३ गते
भारतीय गायिका वाणी जयरामको मृत्यु भएको छ। ७७ वर्षकी गायिका वाणी शनिबार बिहान चेन्नईस्थित आफ्नो घरमा मृतक भेटिएकी थिइन्। उनको मृत्युको कारण अझै खुल्न सकेको छैन।
उनले तमिल, तेलुगु, कन्नड, मलयालम, हिन्दी, उर्दूलगायत १९ भाषामा १० हजारभन्दा बढी गीत गाएकी छन्। केही समयअघि वाणीले आफ्नो सांगीतिक यात्राको ५० वर्ष पूरा गरेकी थिइन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij