Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

ढाकामा एम्बुलेन्स दुर्घटना : छ जनाको मृत्यु

ढाकामा एम्बुलेन्स दुर्घटना : छ जनाको मृत्यु

  • काठमाडौं । बिरामी बोकेर बङ्गलादेशका राजधानी ढाकातर्फ आइरहेको एम्बुलेन्स शरियतपुर जिल्लामा मंगलबार बिहान ट्रकसँग ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा चालकसहित छ जनाको ज्यान गएको छ । विपरीत दिशाबाट प्राकृतिक ग्यास बोकेर आएको ट्रकमा ठोक्किएर उक्त दुर्घटना भएको उद्धारकर्मीले बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    एम्बुलेन्समा सवार सबै छ जनाको घटनास्थलमा नै मृत्यु भएको हो। बाक्लो हुस्सुका कारण दुर्घटना भएको अनुमान गरिएको छ । एम्बुलेन्सबाट शव निकाल्न घण्टौँ लागेको उद्धारकर्मीले बताएका छन् । बिरामी र निजका तीन जना सहयोगी तथा चालक र सहचालक दुर्घटनामा मारिएका उनीहरूले जनाएका छन् ।

    AGNI GROUP

    साँघुरा राजमार्ग, उपयुक्त ढङ्गले नियमितरूपमा मर्मतसम्भार नगरिएका सवारी साधन, अदक्ष चालक, सवारी ज्ञानको अभाव तथा ट्राफिक नियमको पूर्ण परिपालना नहुँदा तथा नियामक निकाय ट्राफिक विभागको फितलो अनुगमनका कारण बङ्गलादेशमा सडक दुर्घटना अधिक हुने गरेका छन्।

    बङ्गलादेश प्यासेन्जर वेलफेयर एसोसिएसन नामक स्थानीय संस्थाको पछिल्लो प्रतिवेदनअनुसार सन् २०२२ मा देशभर  सात हजार छ सय १७ सडक, रेल र जलमार्ग दुर्घटनामा १० हजार आठ सय ५८ जनाको मृत्यु भएको छ भने १२ हजार आठ सय ७५ जना घाइते भएका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij