
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । नेकपा एमालेबाट राष्ट्रियसभा सदस्य विमला राई पौडेल परराष्ट्रमन्त्री बन्ने भएकी छन् । एमालेले उनलाई परराष्ट्रमन्त्री बनाउने निर्णय गरेको एक नेताले जानकारी दिए ।
सत्ता गठबन्धनमा एमालेले आठ मन्त्रालय पाउने सहमति जुटेको छ । बाँकी मन्त्रीहरूको नाम टुंगो लगाउन एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटमा निकटस्थहरूसँग परामर्श गरिरहेका छन् ।
एमालेबाट पदम गिरी, भगवती चौधरी, किरण साह, हरि उप्रेती, प्रेमलाल महर्जन, महेश बर्तौला, बलराम अधिकारीलगायत नेताहरू मन्त्री बन्ने चर्चा छ ।
दिउँसो १ बजे नयाँ मन्त्रीहरूको शपथ हुने तालिका तय भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij