
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । मोरङमा स्रोत नखुलेको ७ लाख ९ हजार रकमसहित एक जना पक्राउ परेका छन् । प्रहरीले विराटनगर महानगरपालिका–१८ का ३६ वर्षीय रविप्रकाश साहलाई पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट स्रोत नखुलेको ७ लाख ९ हजार रुपैँया, बिभिन्न बैंकको १४ ओटा एटिएम कार्ड तथा ९ ओटा चेकबुक र को.२४ प.७९८४ नम्बरको मोटरसाइकल बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले सो नगद र विभिन्न बैंकका चेक तथा एटिएमसहित उनलाई फेला पारेको बताइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij