Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

नेप्से दोहोरो अंकले वृद्धि

नेप्से दोहोरो अंकले वृद्धि

  • काठमाडौं । पछिल्लो समय उकालो यात्रामा लागेको नेप्से परिसूचक एक सातामै ११४.८३ अंक बढेको छ । गत साताको अन्तिम दिन बिहीबार २०२९ विन्दुमा रहेको नेप्से एक सातापछि आज २१४३.९४ विन्दुमा रोकिएको हो । बुधबारको तुलनामा नेप्से परिसूचक १८ अंकले बढेको छ ।

    images
    images
    images

    आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि वृद्धि भएको छ । लामो समयपछि कारोबार रकम पाँच अर्ब कटेको छ । आज पाँच अर्ब चार करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । बुधबारको कारोबार तुलनामा आजको कारोबार रकम एक अर्ब ५३ करोड रुपैयाँ बढेको छ ।

    आज २५९ धितोपत्रको एक करोड २५ लाख ८१ हजार ९८२ कित्ता कारोबार भएको छ । चन्द्रागिरि हिल्ससहित पाँच कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । आज सर्वाधिक रकमको सेयर कारोबार हिमालयन डिष्टिलरीको भएको छ । यो कम्पनीको ४३ करोड १९ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

    आज कारोबारमा आएका १३ समूहको परिसूचकमध्ये वाणिज्य बैंकको ०.३४ प्रतिशत र ‘अन्य’ समूहको ०.८७ प्रतिशतले परिसूचक घटेको छ । सर्वाधिक परिसूचक वृद्धि होटेल तथा पर्यटन समूहको भएको छ । यो समूहको परिसूचक ५.७५ प्रतिशतले वृद्धि भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij