
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । नेकपा एमाले वाग्मती प्रदेश संसदीय दलको नेतामा जगन्नाथ थपलिया चयन भएका छन् ।
एमालेले थपलियालाई सर्वसम्मत रूपमा दलको नेता छनोट गरेको हो । बिहीबार हेटौंडामा बसेको संसदीय दलको वैठकले उनलाई दलको नेता चयन गरेको हो । उनी पार्टीको केन्द्रीय सदस्य हुन् । थपलिया चितवन १(१)बाट निर्वाचित भएका हुन् ।
सो बैठकमा पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्य र डोरमणी पौडेलको सहभागीता रहेको थियो । वाग्मती प्रदेशसभामा एमालेको २७ जना सदस्य छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij