Jun 04 2026 | २०८३, जेठ २१ गते
भारतको बिहारमा इँटा भट्टाको चिम्नी विस्फोट हुँदा ८ जनाको मृत्यु भएको छ। पूर्वी चम्पारण जिल्लामा शुक्रबार घटना भएको हो।
दुर्घटनामा इँटा भट्टा मालिकको समेत मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। घटनामा १६ जनाभन्दा बढी घाइते भएका छन्।
सो ठाउँमा यस सिजनको पहिलो चिम्नी सञ्चालनमा ल्याइएको थियो। चिम्नीबाट धुवाँ निस्कन थालेपछि सबैले खुशीयाली मनाइरहेका बेला अचानक विस्फोट भएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै बीबीसीले जनाएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij