Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

सेनाको ट्रक दुर्घटना, १६ सैनिकको मृत्यु

सेनाको ट्रक दुर्घटना, १६ सैनिकको मृत्यु


  • भारतको सिक्किममा शुक्रबार सेनाको ट्रक दुर्घटना हुँदा कम्तीमा १६ जना को मृत्यु भएको छ । उक्त ट्रक जेमा भन्ने स्थानमा सडकबाट भीरमा खसेको हो । दुर्घटनामा चार सैनिक घाइते भएका छन् ।

    images
    images
    images

    भारतीय सेनाका अनुसार घुम्तीमा सडकबाट चिप्लिएर उक्त ट्रक खसेको हो । सेनाको रेस्क्यु टिमले घाइते चार जवानलाई उद्धार गरेको र शव निकाल्ने काम भइरहेको जनाइएको छ ।

    भारतकी राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

    मोदीले मृत्यु भएका सैनिकका परिवारलाई प्रधानमन्त्री राहत कोषबाट दुई–दुई लाख रुपैयाँ र घाइतेलाई ५०–५० हजार रुपैयाँ दिने घोषणा गरेका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij