Jun 06 2026 | २०८३, जेठ २३ गते
इराकको उत्तरी क्षेत्रस्थित किरकुक शहर नजिकै आइतबार बम विस्फोट हुँदा ९ जना सुरक्षाकर्मीको मृत्यु भएको छ। ग्रामीण चालल–अल–मतारनजिकै प्रहरी सवार ट्रकलक्षित आक्रमण भएको एएफपीले उल्लेख गरेको छ।
विस्फोटअघि केही मानिसले गोली प्रहारसमेत गरेको स्थानीय इराकी न्युजले जनाएको छ। आक्रमणकारीहरूमध्ये एक जनाको प्रहरीको जवाफी कारबाहीमा मृत्यु भएको र बाँकीको खोजी भइरहेको प्रहरीले जनाएको छ।
विस्फोटको जिम्मा कसैले लिएको छैन। सरकारले भने विस्फोटमा इस्लामिक स्टेट समूह संलग्न रहेको आशंका गरेको छ।
घटनास्थल किरकुक शहर राजधानी बगदाददेखि २९३ किलोमिटर टाढा पर्छ। यो क्षेत्र कच्चा तेलको खानीको स्रोतका लागि परिचित छ। यसअघि बुधबार पनि बगदादनजिकै जमिनमुनि गाडेको बम विस्फोट हुँदा ३ जना इराकी सैनिकको ज्यान गएको थियो।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij