Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

शेयर बजार साढे ३ अङ्कले घट्यो

शेयर बजार साढे ३ अङ्कले घट्यो

  • काठमाण्डाै । बुधवार शेयर बजार साढे तीन अङ्कले घटेको छ । शेयरबजार परिसूचक नेप्से तीन दशमलव ५१ अङ्कले घटेर एक हजार नौ सय ४९ दशमलव ८५ विन्दुमा झरेको छ । आज माइक्रो फाइनान्सबाहेक अरू सबै समूहको शेयर घटेको छ ।

    images
    images
    images

    आज बुधवार दुई सय ३८ वटा कम्पनीकाे २३ लाख ५५ हजार कित्ता शेयर ८४ करोड २६ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको चार करोड ७९ लाख र नबिल बैंकको चार करोड १५ लाख रुपैयाँको शेयर किनबेच भयो ।

    त्यस्तै लक्ष्मी इक्विटी फन्डकाे शेयर साढे पाँच प्रतिशतले घटेको छ भने विन नेपाल लघुवित्तको शेयर साढे चार प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि ग्रीन लाइफ हाइड्रो र खप्तड लघुवित्तको शेयर चार प्रतिशतभन्दा धेरैले बढेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij