Logo

Jun 14 2025 | २०८२, जेठ ३१ गते

Jun 14 2025 | २०८२, जेठ ३१ गते

घटेर आयो पेट्रोलको मूल्य

घटेर आयो पेट्रोलको मूल्य

  • काठमाडाैं । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ।  अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेपछि आइओसीले नेपालका लागि पनि मूल्य घटाएर पठाएको हो।

    images
    images
    images

    बुधबार आइओसीले नेपाललाई नयाँ मूल्य पठाएको छ। नेपाल आयल निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर ३ रूपैयाँ ३४ पैसा घटाएर पठाएको हो। 

    images

    त्यस्तै, डिजेलमा एक रूपैयाँ २५ पैसा बढेर आएको निगमले जनाएको छ।  मूल्य घटेर आएसँगै निगमलाई पेट्रोलमा प्रतिलिटर १० रूपैयाँ ७६ पैसा नाफा छ। त्यस्तै, डिजेलमा १० रूपैयाँ ८६ पैसा घाटा छ।  अब निगमको घाटा–नाफा १५ दिनमा खपत हुने डिजेलको आधारमा निर्भर रहन्छ। 

    डिजेलको माग बढ्यो भने १५ दिनमा १५ देखि २० करोड रूपैयाँ घाटा हुने निगमले जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij