
May 19 2025 | २०८२, जेठ ५ गते
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका दुई अधिकृतमाथि कारबाही सिफारिस भएको छ। विमानस्थलभित्रै फरार अभियुक्तलाई भगाउन सहयोग गरेको आरोपमा दुई अधिकृत कारबाहीमा परेका हुन् ।
कारबाहीमा पर्नेमा अधिकृतद्वय सन्तोष सुवेदी र गणेशबिक्रम शाह रहेका छन् । अध्यागमन विभागले गठन गरेको छानबिन समितिले कर्मचारीको चरम लापरबाही रहेको देखाउँदै उनीहरुमाथि कारबाहीको सिफारिस गरेको हो। वैदेशिक ठगी मुद्धामा फरार नुवाकोटका श्यामराज पाण्डे विमानस्थलबाटै भागेका थिए । जापान जान लाग्दा अध्यागमनको सिस्टममा पाण्डेको नाम कालोसूचीमा देखिएको थियो ।
कालोसुचिमा नाम देखिएतापनि उनीहरुले पाण्डेलाई जापान पठाउन खोजेका थिए । तर प्रयास असफल भएपछि पाण्डे प्रहरीलाई झुक्याई भागेपछि मात्र उनीहरुले प्रहरीलाई खबर गरेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij