
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । काठमाडौँको बसुन्धारामा घरधनीलाई बन्धक बनाएर लुटपाट गरिएको छ । घरधनी नन्द मल्लको घरमा गए राति ६–७ जनाको समूहमा आएका लुटेराले नगद र सुन लुटेर भागेका हुन् ।
लुटेराले घरधनी नन्द सहित ५ जना महिलालाई बन्धक बनाएर लुटपाट गरेका थिए । लुटेरा समूहले ह्यामर प्रहार गरेर घरधनीलाई घाइते बनाएका छन् । उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
घरधनीको ४५ लाख भन्दा बढी नगद र ठुलो परिमाणमा सुन लुटिएको अनुसन्धानमा संलग्न अधिकृतहरूले बताएका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका र प्रहरी वृत्त महाराजगञ्जको टिमले घटनाबारे अनुसन्धान गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij