
May 13 2025 | २०८२, वैशाख ३० गते
काठमाडौँ । मंगलबारदेखि नेपाल बिमा समिति औपचारिक रुपमा बिमा प्राधिकरणमा परिणत भएको छ । नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले कुपण्डोलस्थित पुरानो बिमा समितिको भवनमा प्राधिकरणको औपचारिक रुपमा सुरुवात गरेका छन् ।
मंगलबार सरकारले ल्याएको नयाँ बिमा ऐन २०७९ कार्यान्वयनमा आएसँगै समितिको कामकारबाही प्राधिकरणमा रुपान्तरण भएको हो । गत भदौ अन्तिममा संघीय संसदबाट पारित भएको बिमा विधेयक २२ असोजमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणिकरण भएको थियो ।
भण्डारीबाट प्रमाणिकरण भएको १ महिनापछि लागु हुने कानुनी प्रावधानअनुसार मंगलबारबाट लागु भएसँगै बिमा समिति प्राधिकरणमा रुपान्तरण भएको प्राधिकरणका अध्यक्ष सिलवालले बताए ।
उनले बिमा ऐन २०४९ ले पुरा गर्न नसकेको कामलाई अब नयाँ बिमा ऐनले गर्नसक्ने बताए । आगामी दिन बिमा समितिका सबै काम कारबाहीहरु बिमा प्राधिकरणको नामबाट हुनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij