
May 13 2025 | २०८२, वैशाख ३० गते
काठमाडौँ । भन्सार कार्यालयले भारतबाट भन्सार छली नेपाल भित्र्याइएको २ करोड बढीको सामान सहित एक जनालाई पक्राउ गरेको छ ।
भैरहवा भन्सार कार्यालयले सुराकीका आधारमा बुटवलको तिनाउ पुल नजिकको गोदाम तथा कपिलवस्तुको पकडी र चाकाचौडा सामान बरामद गरेको हो ।
उच्च मूल्य र भन्सार महशुल बढी रहेका सूर्ती, लत्ता कपडा, जुत्ता चप्पल, फेन्सीजन्य सामान भन्सार कार्यालयले बरामद गरेको हो । दुई ट्रक सामानसहित एक जना चालक पक्राउ परेको भैरहवा भन्सार कार्यालयका प्रमुखले जनाएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij