Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ट्विटरद्वारा सबै नक्कली खाता बन्द गर्ने

ट्विटरद्वारा सबै नक्कली खाता बन्द गर्ने

  • ट्विटरका नयाँ मालिक एलोन मस्कले फेक अकाउन्टलाई कडाइका साथ कारबाही गरिने बताएका छन्। कुनै पनि ट्विटर ह्यान्डल नक्कली फेला परेमा स्थायी रूपमा निलम्बन गरिने मस्कले स्पष्ट पारेका छन्। यसअघिनै आफूहरूले चेतावानी जारी गरिसकेको भन्दै उनले प्रमाणिकरण गरिसकेपछि कुनै पनि चेतावनी नहुने र सोझै निलम्बन गरिने बताए।

    onlinepatrika
    Arghakhachi

    ‘पहिले, हामीले निलम्बन अघि चेतावनी जारी गरेका थियौं। तर अब हामीले व्यापक प्रमाणिकरण सुरू गरेपछि, त्यहाँ कुनै चेतावनी हुनेछैन। सोझै खाता निष्कृय पारिनेछ, यसलाई ट्विटर ब्लूमा साइनअप गर्ने शर्तको रूपमा स्पष्ट रूपमा मान्यता दिइनेछ,’ ट्विट गर्दै उनले भनेका छन्। व्यापक प्रमाणीकरणले पत्रकारितालाई लोकतान्त्रिक बनाउने र जनताको आवाजलाई सशक्त बनाउने मस्कले दाबी गरेका छन्।

    AGNI GROUP

    इलोन मस्क ट्वीटर किन्दादेखि नै आफ्नो भनाइ र निर्णयलाई लिएर चर्चामा छन्। पहिले, उनले ट्विटरमा निलो टिकको लागि आठ डलर तिर्नुपर्ने घोषणा गरेका छन्। यसपछि उनले आधा भन्दा बढी कमर्चारी कटौती गरेका छन्। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij