
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौँ । काठमाडौंको नागढुंगाबाट तरकारी खाने काउलीमा लुकाएर गाँजा तस्करी गर्ने एक जना पक्राउ परेको छ । पक्राउ पर्नेमा धादिङको थाक्रे गाउँपालिका–७ का ६१ बर्षीय साइँला तामाङ रहेका छन् ।
चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट तामाङलाई १ किलो ६ सय ग्राम गाँजाको धुलोसहित पक्राउ गरिएको प्रहरी वृत्त थानकोटले जनाएको छ ।
धादिङको महादेव वेशीबाट काठमाडौंतर्फ आउँदै गरेको बा.२ ख ६३६८ नम्बरको बसमा सवार साइँलाको झोलाभित्र काउलीको बीचमा गाँजाको धुलो भेटिएको प्रहरी वृत्त थानकोटले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij