
Jun 17 2025 | २०८२, असार ३ गते
ललितपुर । ललितपुर महानगरपालिका वडा नं.७ ग्वार्को स्थित रिङरोड सडकमा बाटो क्रस गर्दै गरेकी पैदल यात्रीलाई ठक्कर दिई फरार भएका सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गत कात्तिक १२ गते बाटो क्रस गर्दै गरेकी अन्दाजी २०/२१ वर्षकी महिलालाई नं. नखुलेको स्कारपियो सवारीले ठक्कर दिंदा घाईते भई निज महिलाको उपचारको क्रममा सोही दिन मृत्यु भएको घटनाका प्रत्यक्षदर्शीले जनाएका छन् । ईम्वोष्ड नम्वर जडान भएको पछाडीको सिसामा २ वटा गोलाकार स्टिकर समेत टाँसिएको निलो रंगको स्कारपियो गाडीले ठक्कर दिएको भन्ने खुल्न आए लगतै अनुसन्धानको क्रममा बागमती प्रदेश बा.५५६३ नं. को स्कारपियो सवारीले ठक्कर दिएको खुलासा भएको छ ।
सोही अनुसार प्रहरीले चालक प्युठान जिल्ला प्युठान न.पा. वडा नं. २ वस्ने वर्ष ४७ को विर वहादुर राउतलाई कात्तिक १९ गते पक्राउ गरेको छ । हालसम्म मृतक महिलाको सनाखत हुन नसकेकोले कसैको आफन्त तथा नातागोता पर्न गएमा यस परिसरमा सम्पर्क राख्न हुन समेत अनुरोध गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij