
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको हो ।
गत विहीबार प्रतितोला सुनको मूल्य ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो भने आज प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।
तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रुपैयाँ रहेको महासङ्घले जनाएको छ ।
यस्तै अघिल्लो दिन प्रतितोला १ हजार १७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य स्थिर रही आज पनि प्रतितोला सोहि मूलमा कारोबार हुने महासङ्घले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij