
Jun 17 2025 | २०८२, असार ३ गते
काठमाडौं । घटस्थापनाको दिन काठमाडौंको हनुमानढोकास्थित दसैँघरमा विधिवत रूपमा जमरा राखिएको छ । हनुमानढोका दरबारका पुजारीले आज बिहान १० बजेर २३ मिनेटको शुभसाइतमा जमरा राखेका हुन् ।
सो क्रममा नेपाली सेनाको ब्याण्ड बाजा टोलीले मंगल धुन बजाउँदै बन्दुक पड्काएर बढाइँ गरिएको छ ।घटस्थापनापछि दसैँघरमा महानवमीका दिन हनुमानढोकाको कोतमा ५४ बोका र ५४ राँगासहितको बलि दिइन्छ ।
हनुमानढोकाको दसैँघरमा नवरात्रभर विधिपूर्वक पूजा आराधना गरिनुका साथै मंगल धुन पनि गाइन्छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij