
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । काठमाडौं महानगरपालिकाले अनुमति बिना होर्डिङ बोर्ड एवं डिजिटल बोर्ड नराख्न निर्देशन दिएको छ ।
सार्वजनिक सूचना जारी गरी अनुमतिबिना र अनुमति अवधि समाप्त भएका होर्डिङ बोर्ड र डिजिटल बोर्ड हटाउन महानगरले अनुरोध गरेको हो ।
‘असोज ५ गतेबाट अनुमति बिना बाह्य विज्ञापन सञ्चालन नगर्न/ नगराउन सम्वद्ध सबैलाई सूचित गरिन्छ,’ महानगरले भनेको छ ।
नियम विपरीत बोर्डमा विज्ञापन सञ्चालन गरेको पाइएमा नगर प्रहरी बल लगाएर हटाउने महानगरले चेतावनी पनि दिइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij