
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा भोलि असोज १ गते, शनिबारबार बाट लागु हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।
बैंकले असोजदेखि लागु हुने गरी बैंकको ब्याजदरमा बृद्धि गरेको छ । बैंकले प्रकाशन गरेको नयाँ व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ७.१३ प्रतिशतदेखि अधिकतम १०.१३ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम १०.१३ प्रतिशत देखि अधिकतम १३.१३ प्रतिशतसम्म तोकिएको छ ।
बैंकले रेमिट्यान्स बचत खातामा १०.१३ प्रतिशत र रेमिट्यान्स मुद्दती खातामा १३.१३ प्रतिशत व्याज प्रदान गर्ने छ । त्यस्तै, प्रकाशित भएको नयाँ ब्याजदर अनुसार बैंकको आधार दर ७.८६ प्रतिशत रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij