Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

७५ जिल्लामा डेंगु

७५ जिल्लामा डेंगु

  • काठमाडौँ। मनाङ र हुम्लाबाहेक ७५ जिल्लामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । यससँगै डेंगु  महामारीकै कारण स्वास्थ्य सङ्कटकाल घोषणा गर्ने कि नगर्ने भन्ने अध्ययनमा स्वास्थ्य अधिकारी लागेका छन्।

    images
    images
    images

    काठमाडौँ उपत्यकाका दुई जिल्ला ललितपुर र काठमाडौँमा सबैभन्दा बढी डेंगु सङ्क्रमित पुष्टि भएको छ। ललितपुरमा कतिपय परिवारका सम्पूर्ण सदस्यलाई नै डेंगु पुष्टि भएको छ । गत जनवरीदेखि हालसम्म नेपालमा पाँच हजार २९ जनालाई डेंगु पुष्टि भएको छ।

    सबैभन्दा धेरै ललितपुरमा एक हजार ८३२, काठमाडौँमा ८८८, भक्तपुरमा ९९ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ। पछिल्ला दिनमा उपत्यकालगायत ७५ वटै जिल्लामा डेङ्गले महामारीको रूप लिन थालेपछि डेंगु प्रकोपलाई महामारीका रूपमा घोषणा गर्ने तयारीमा छलफल भइरहेको छ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता सञ्जयकुमार ठाकुरले नेपालमा डेंगु  बढ्दै गएकाले स्वास्थ्य सङ्कटकाल लगाउने विषयमा छलफल सुरु भएको बताए। उनले स्वास्थ्य सङ्कटकाल ९महामारी० घोषणाका लागि केही प्रावधान पूरा गर्नुपर्ने भन्दै ती प्रावधान पूरा भए सङ्कटकाल लगाउन सकिने बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij