
Jun 18 2025 | २०८२, असार ४ गते
काठमाडौं । पर्वतीय पर्यटन व्यवसायीहरुको छाता सङ्गठन ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान) को अध्यक्षमा निलहरि बाँस्तोला निर्वाचित हुनुभएको छ । सोमबार टानको ४४ औं वार्षिक साधारणसभा तथा निर्वाचनबाट अध्यक्षमा बाँस्तोला निर्वाचित हुनुभएको हो ।
निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा कृष्ण प्रसाद दाहाल, प्रथम उपाध्यक्षमा प्रदिप पण्डित, द्धितिय उपाध्यक्षमा धन बहादुर गुरुङ, महासचिवमा विनोद सापकोटा (बाबु), सचिवमा होमनाथ भट्टराई, कोषाध्यक्षमा पुरुषोत्तम तिमल्सिना निर्वाचित हुनु भएको छ ।
यस्तै सदस्यहरुमा राम प्रसाद बन्जारा, राजु अर्याल, गणेश बहादुर अधिकारी, कुमार लामा, सुवास भण्डारी, लाक्पा दोर्जे सेर्पा र कृष्ण बहादुर परियार निर्वाचित हुनु भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij