Logo

Jun 18 2025 | २०८२, असार ४ गते

Jun 18 2025 | २०८२, असार ४ गते

नख्खु दोबाटो नजिकै रिङरोडमा बस दुर्घटना

नख्खु दोबाटो नजिकै रिङरोडमा बस दुर्घटना

  • काठमाडौँ । आज सोमबार १ बजे ललितपुरको नख्खु दोबाटो नजिकै रिङरोडमा एक बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। ललितपुर महानगरपालिका-४ ,बागडोलस्थित एकान्तकुनाबाट बल्खुतर्फ गइरहेको बा३ख २७१८ नम्बरको मध्य उपत्यका बस अनियन्त्रित भई ठोक्किएको प्रहरीले जनाएको छ।

    images
    images
    images

    प्रहरीका अनुसार घाइते हुनेमा नवलपरासी कावासोती-२ घर भई हालः काठमाडौं कलंकी बस्ने २५ वर्षीय सुगम थापा, काठमाडौं कीर्तिपुर नगरपालिका-८ की ३३ वर्षीया सुनिता श्रेष्ठ, सुनसरीको धरान नगरपालिका-२० घर भई कीर्तिपुर बस्ने ३३ वर्षीया सन्ध्या राई, दोलखा घर भई कीर्तिपुर बस्ने ३० वर्षीया सबिना खड्का, ललितपुर महानगरपालिका-१४ नखिपोटका ३० वर्षीय उदेश्य वाग्ले, सिन्धुपाल्चोक घर भई ललितपुर महानगरपालिका-४ धोविघाट बस्ने ५९ वर्षीय जितबहादुर पोखरेल, रामेछाप घर भई भक्तपुर सुर्यबिनायक बस्ने ४५ वर्षीय खड्गबहादुर थापा र काठमाडौं-१४ कलंकीका ६७ वर्षीय खिल बहादुर भण्डारी रहेका छन्।

    images

    उनीहरुको स्टार अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। सबैको शरीरमा चोटपटक देखिएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij