Logo

Jun 18 2025 | २०८२, असार ४ गते

Jun 18 2025 | २०८२, असार ४ गते

साउन १ गतेदेखि नयाँ तलबमान र ग्रेड लागु गरिने

साउन १ गतेदेखि नयाँ तलबमान र ग्रेड लागु गरिने

  • काठमाडौं । सरकारले सबै राष्ट्रसेवक कर्मचारीहरूको नयाँ तलबमान र ग्रेड आइतबार स्वीकृत गरेको छ । मन्त्रिपरिषद बैठकले  यही साउन १ गतेदेखि लागू हुनेगरी आर्थिक वर्ष २०७९/८० को नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको हो ।

    images
    images
    images

    सरकारले चालू आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा साउन १ गतेदेखि लागू हुने गरी सबै सरकारी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको थियो तर मर्यादाक्रम अनुसार तलब मिलान गर्न भन्दै अर्थ मन्त्रालयले अधिकृत स्तरका कर्मचारीहरुको तलब २४.२६ प्रतिशत, उपसचिवहरुको २३.३५ र २३.६३ र सचिवहरुको तलब १८.२१ प्रतिशतले वृद्धि गरेर नयाँ नयाँ तलवमान मन्त्रिपरिषदमा पठाएको सार्वजनिक भएको थियो । नायब सुब्बा र त्यो भन्दा तलका कर्मचारीहरुको तलबमा भने १५ प्रतिशत वृद्धि नै लागू गरेर तलवमान प्रस्ताव गरिएको थियो ।

    images

    मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०७८/७९ का लागि मन्त्रालयअन्तर्गत विभिन्न आयोजनाहरूका लागि राजपत्रांकित श्रेणीका पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि सरकारले गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij