Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

९ लाख मानिस विस्थापित

९ लाख मानिस विस्थापित

  • काठमाडौँ । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा यस वर्ष करिब नौ लाख मानिस विस्थापित भएका छन् । संयुक्त राष्ट्रसंघको मानवीय निकायले देशको पूर्वी भागमा जारी विद्रोही लडाइँका बीच यो आँकडा सार्वजनिक गरेको हो । बुधवार प्रकाशित एक प्रतिवेदन अनुसार संयुक्त राष्ट्रसंघ मानवीय मामिला समन्वय कार्यालयले जनवरी र जुन महिनाबीच आठ लाख ७७ हजारभन्दा बढी मानिस विस्थापित भएको बताएको छ।

    onlinepatrika
    Arghakhachi

    उक्त अवधिमा ४४६,००० भन्दा बढी मानिस घर फर्किएको पनि ओसीएचएले उल्लेख गरेको छ। हाल यस देशमा ४८ लाखभन्दा बढी मानिस विस्थापित छन् ती मध्ये ५१ प्रतिशत महिला छन् । '८० प्रतिशतभन्दा बढी विस्थापन सशस्त्र हमला र झडपका कारण भएको हो,' पनि प्रतिवेदनमा उल्लेख गरिएको छ। अधिकांश विस्थापित व्यक्तिहरू कङ्गोको तनावग्रस्त पूर्वी क्षेत्रमा बसोबास गर्छन् ।

    AGNI GROUP

    खनिजसम्पन्न यस क्षेत्रमा १२० भन्दा बढी सशस्त्र विद्रोही समूहहरू सक्रिय छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij