
Jun 18 2025 | २०८२, असार ४ गते
काठमाडौँ । रैनादेवी छहरा गाउँपालिका–१ सिद्धेश्वरस्थित साउनेमा बिहिबार पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मृत्यु हुनेमा गुल्मीको छत्रकोट गाउँपालिका–३ चोयघाका १४ वर्षीय मनोज रेश्मी रहेका छन् ।
रेश्मी डमराई पोखरीमा पौडी खेल्ने क्रममा डुबेका हुन्। गम्भीर घाइते उनको जिल्ला अस्पताल पाल्पामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले बताए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij