Logo

Jun 18 2025 | २०८२, असार ४ गते

Jun 18 2025 | २०८२, असार ४ गते

ट्रक र मोटरसाइकल ठोकिँदा एकको मृत्यु

ट्रक र मोटरसाइकल ठोकिँदा एकको मृत्यु

  • काठमाडौँ । कपिलवस्तुको मायादेवी गाँउपालिका-१ बर्रोहियामा हिजो बेलुकी ८ बजे ट्रक र मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    मृत्यु हुनेमा मोटरसाइकल चालक रुपन्देहीको ओमसतिया गाँउपालिका ३ करुवानीका ४० वर्षीय उमा शंकर यादव रहेका छन् । भैरहवा स्थित यु्निभर्सल कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचारको क्रममा राती पौने १२ बजे यादवको मृत्यु भएको हो ।

    images

    भैरहवाबाट तौलिहवा तर्फ जाँदै गरेको लु १ ख ४५१६ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको यादवले चलाएको लु ७६ प १४१२ नम्बरको मोटरसाइकल आपसमा ठोकिएका हुन् । सो सवारी दुर्घटनामा संलग्न दुवै सवारी साधन र ट्रक चालकलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij