
Jun 18 2025 | २०८२, असार ४ गते
काठमाडौं । नेपाल पेट्रोलियम ढुवानी व्यवसायीले पुनः आन्दोलनको घोषणा गरेका छन् । सरकार र व्यवसायीबीच ढुवानीकर्ताको भाडा वृद्धि गर्ने सहमति कार्यान्वयन नभएपछि आन्दोलनको घोषणा गरिएको हो।
ढुवानी क्षेत्रमा देखा परेका विभिन्न समस्याहरु समाधानको लागि नेपाल आयल निगम समक्ष पटक पटक माग पेश गरेपनि चासो नदेखाएको नेपाल पेट्रोलीयम ढुवानी व्यवसायी संघले जनाएको छ ।
भदौ १ गतेसम्म भाडा वृद्धि नभए २ गते देखि पेट्रोलियम ढुवानी गर्न नसकिने संघले चेतावनी दिएको छ । ट्याङकर सञ्चालन गर्न हालको ढुवानी भाडाबाट नसकिने महासंघले बताएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij