Logo

Jun 18 2025 | २०८२, असार ४ गते

Jun 18 2025 | २०८२, असार ४ गते

अन्तर्राष्ट्रिय उडानको अन्तिम तयारीमा पोखरा विमानस्थल 

अन्तर्राष्ट्रिय उडानको अन्तिम तयारीमा पोखरा विमानस्थल 

  • काठमाडौं । पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल  अन्तर्राष्ट्रिय उडान सुरु गर्ने तयारीमा छ । भौतिक संरचना निर्माण र केही उपकरण जडानको काम बाँकी नै रहे पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले १ जनवरी २०२३ लाई विमानस्थलको व्यवसायिक उद्घाटन गर्ने गरी मिति तोकेको छ । अर्थात् अबको करिब पाँच महिनापछि पोखरामा विदेशबाट समेत सिधै उडान अवतरण हुनेछ ।

    images
    images
    images

    नियमित उडान सुरु गर्नुअघिका सबै प्राविधिक पक्ष यो पाँच महिनाको अवधिमा सक्ने गरी सरकारले तयारी गरिरहेको छ । बुधबार विमानस्थलको अनुगमनमा पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले १ जनवरीअघि सबै तयारी सक्ने बताए । हाल सञ्चालनमा रहेको पोखरा विमानस्थलका कर्मचारीलाई समेत नयाँ विमानस्थलमा सारिने छ। पोखरा विमानस्थल निर्माण सुरु हुँदै गर्दा स्वदेशी वायु सेवा कम्पनी वुद्ध एयरले २५ माघ २०७८ मा विमानस्थल सञ्चालनमा आएपछि ५ वटा जहाज पोखरामा राखेर राष्ट्रिय–अन्तर्राष्ट्रिय उडान गर्ने घोषणा गरेको थियो । २५ सय मिटर लामो धावनमार्ग रहेको विमानस्थलमा राष्ट्रिय अन्तर्राष्ट्रिय एप्रोन, ह्यांगर, आइसोलेटेड पार्किङ वे, ट्याक्सी वे, टर्मिनल भवनसहित एटीसी टावर तयार भइसकेको छ ।

    images

    यो विमानस्थलमा अहिले नेपाल एयरलाइन्ससँग रहेको ए ३३० न्यारोबडी क्षमताका जहाजहरु उडान–अवतरण गर्न सक्छन् । अन्तर्राष्ट्रियस्तरको विमानस्थल भएकाले सोही मापदण्ड अनुसारको फायर फाइटिङ र रेस्क्यू सेवा समेत यहाँ उपलब्ध हुनेछ । यो विमानस्थल निर्माण गर्न नेपाल सरकारले चीनको एक्जिम बैंकबाट २१ करोड २९ लाख अमेरिकी डलर (२७ अर्ब १४ करोड रुपैयाँ) ऋण लिएको छ ।

    २१ मार्च २०१६ अर्थात् ८ चैत २०७२ मा भएको ऋण सम्झौता अनुसार ऋण लिएको २० वर्षभित्र तिरिसक्नुपर्नेछ ।

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij