
Jun 18 2025 | २०८२, असार ४ गते
काठमाडौं । पहिरोका कारण रसुवा र नुवाकोटमा सडक अवरुद्ध भएको छ । बाढी र पहिरोले नुवाकोटका विभिन्न स्थानमा क्षति पुगेको छ । बाढीले सडक र पुल बगाउँदा अधिकांश स्थानमा यातायात अवरुद्ध भएको छ ।
नुवाकोटको पूर्वी भेगमा आएको बाढीले पुल बगाउनुका साथै एक जलविद्युत आयोजनमा क्षति पुर्याएको छ । बाढीले सातविसेस्थित वुद्धभूमि जलविद्युत आयोजनाको ड्याममा क्षति गरेका कारण विद्युत उत्पादन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
यस्तै, रसुवाको उत्तरगया गाउँपालिका-५ स्थित पासाङल्हामु सडकअन्तर्गत बेत्रावती-कालिकास्थानखण्डको बनुवा भन्ने स्थानमा आज बिहान पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । सोही पहिरोका कारण बेत्रावती-मैलुङ भित्री सडक समेत पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij