
Jun 18 2025 | २०८२, असार ४ गते
काठमाडौं । नेपाल प्रहरीले आगामी मंसिर ४ मा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा चुनावका लागि ७५१ वटा हलुका तथा ठूला सवारीसाधन खरिदको प्रस्ताव गरेको छ। निर्वाचन सुरक्षाका लागि सवारीसाधन पर्याप्त नभएको बताउँदै प्रहरीले उक्त संख्याका गाडी खरिदको प्रस्ताव गरेको हो ।
प्रहरीको प्रस्तावअनुसार अर्थ मन्त्रालयमा बजेट स्वीकृतिका लागि फाइल पठाइएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए। यसअघि ३० वैशाखमा भएको स्थानीय तह चुनावका बेला पनि प्रहरीले सवारीसाधन खरिदका लागि बजेट मागे पनि सरकारले बजेट दिएको थिएन । बरु भाडामा सवारीसाधन ल्याउन बजेट छुट्याएको थियो ।
प्रहरी प्रधान कार्यालयले गृहमा बुझाएको विवरणअनुसार अहिले प्रहरीलाई १ हजार ५९८ मोटरसाइकल अभाव छ। साना सवारीसाधन मात्रै १३ सय ८४ अपुग छन् । ७५३ स्थानीय तहमा गरी प्रहरीसँग १५ सय २९ साना र १५४ ठूला सवारीसाधन रहेको तथ्यांक छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij