
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (श्रावण ६ गते, शुक्रबार) आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकले अन्तर बैंक व्याजदर सीमा बढाएर भारित औसत ७ प्रतिशतसम्म पुर्याएको छ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार आर्थिक वर्ष २०७९/८०को मौद्रिक नीति सार्वजनिक गर्दै अन्तर बैंक व्याजदरको सीमा बढाएको हो। यद्यपी पछिल्लो समय बैंक तथा वित्तिय संस्थामा लगानीयोग्य पुँजी अभाव भएकाले अन्तरबैंक व्याजदर १० प्रतिशत नाघेको थियो ।
बैंकहरुबीच लिने कर्जाको अन्तर बैंक नै दोहोरो अंकमा बढ्न थालेकाले अहिले यसलाई निश्चित सीमामा ल्याउन खोजेको हो ।अन्तर बैंकको भारित औसत व्याजदर ३ प्रतिशतले घट्न गएमा र साढे २ प्रतिशतले बढ्न गएमा भने बोलकबोलमार्फत व्याजदर निर्धारण गर्ने भएको छ । यो व्यवस्थाले कर्जा प्रवाह कसिलो हुने भएको छ ।
नीजि क्षेत्रको कर्जावृद्धि वार्षिक विन्दुगत वार्षिक १६ प्रतिशत हुने भएको छ । यसअघि १९ प्रतिशत थियो। अन्तर बैंक व्याजदर औसत ७ प्रतिशत रहने भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij