Jun 06 2026 | २०८३, जेठ २३ गते
एजेन्सी । विश्वका धनी व्यक्ति मध्ये एक बिल गेट्सले २,००० मिलियन डलर चन्दा दिने घोषणा गरेका छन् । यो रकम बिल र मेलिन्डा गेट्स फाउन्डेशनलाई दिइने घोषणा गरेका हुन। फाउन्डेसन परोपकारको लागि सबैभन्दा ठूलो खर्च गर्ने संस्था हो। यसले कोरोना महामारी र युक्रेन युद्ध लगायतका विश्वव्यापी चुनौतिहरुको सामना गर्न आफ्नो वार्षिक खर्च बढाइरहेको छ ।
माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्सले भने, “म आफ्नो सम्पूर्ण सम्पत्ति फाउन्डेसनलाई दान गर्न चाहन्छु। म केवल आफ्नो र मेरो परिवारको लागि पैसा राख्न चाहन्छु। मेरो नाम सधैं संसारका धनीहरूको सूचीमा रहिरहोस् भन्ने मेरो मनसाय होइन। भविष्यमा मेरो नाम धनीको सूचीबाट हट्ने छ। अन्ततः म यो सूचीबाट बाहिर हुनेछु। बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेशनले आफ्नो वार्षिक खर्चलाई सन् २०२६ सम्ममा ९ मिलियन पुर्याउन चाहन्छ ।’
कोरोना देखा पर्नुअघि यसले वार्षिक ६० करोड डलर खर्च गर्दथ्यो । गेट्स र उनकी पूर्व पत्नी मेलिन्डाले सन् २००० मा यो फाउन्डेसन सुरु गरेका थिए । गेट्स र मेलिन्डाले गत वर्ष सम्बन्धविच्छेद गरेका थिए। ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार गेट्स ११,४०० मिलियन डलरको कुल सम्पत्तिका साथ विश्वको चौथो धनी व्यक्ति हुन्। उनको अधिकांश सम्पत्ति माइक्रोसफ्टको शेयरसँग जोडिएको छ।
गेट्सले एक ब्लग पोस्टमा लेखेका छन्, ‘पैसा दान गर्नु कुनै त्याग होइन। ठूला चुनौतीहरू समाधान गर्ने मौका पाएकोमा म खुसी छु। मलाई यो काम मन पर्छ। जनताको जीवनस्तर उकास्न समाजले भूमिका खेल्न सकून् भन्ने मेरो नैतिक दायित्व हो । विश्वले जलवायु परिवर्तन, कोरोना र रुस युक्रेन युद्ध जस्ता चुनौतिहरूको सामना गरिरहेको बेला सबैले बढीभन्दा बढी योगदान गर्नुपर्छ । यस पटक धेरै पैसा र सुविधा भएका अन्य व्यक्तिहरू पनि अगाडि आउने आशा गरेको छु ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij