Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौँ। श्रीलंकाका प्रमुख विपक्षी नेता सजिथ प्रेमदासाले गोताबाया राजापाक्षेले राजीनामा दिएपछि आफू राष्ट्रपतिको उम्मेदवार हुन चाहेको बताएका छन्। बीबीसीसँगको कुराकानीमा प्रेमदासाले आफू सर्वदलीय अन्तरिम सरकारमा सहभागी हुन तयार रहेको बताएका हुन् ।
श्रीलङ्काको वर्तमान अवस्थालाई असफलता, अनिश्चितता र पूर्ण अराजकता भन्दै प्रेमदासाले, श्रीलङ्काको वर्तमान अवस्थालाई सहमति, परामर्श, समझौता र एकताको खाँचो रहेको बताएका छन्।
सन् २०१९ मा राष्ट्रपति निर्वाचन लडेका तर त्यतिबेला पराजित भएका प्रेमदासाले, अर्थतन्त्रलाई सन् २०१९ को तहमा फर्काउन करिब चार/पाँच वर्ष लाग्ने बताउँदै उनले संकट पार गर्ने आफ्नो पार्टीको आर्थिक योजना रहेको समेत बताएका छन् ।
देश आर्थिक संटकमा फसेपछि आक्रोशित स्थानीयबासिन्दाले गत शनिबार राष्ट्रपति र प्रधानमन्त्रीको निवास कब्जा गरेपछि राष्ट्रपति गोटावाया राजापक्षेले बुधबार राजीनामा दिने बताएका छन् ।
राजापाक्षेले राजीनामा दिएपछि राष्ट्रपतिको उम्मेदवारमा सहमति जुनाउन उनको दल समगी जन बलवेगया (एसजेबी) समर्थन जुटाउन अन्य सहयोगीहरूसँग छलफल गरेको थियो । राजापक्षेले बुधबार राजीनामा दिएमा एक हप्तामा नयाँ राष्ट्रपति चयन गरिने जनाइएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij