Jun 06 2026 | २०८३, जेठ २३ गते
एजेन्सी । अन्तरिक्ष अनुसन्धान संस्था (नासा)ले सोमबार जेम्स वेब स्पेस टेलिस्कोपबाट लिइएको ब्रह्माण्डको पहिलो रंगीन तस्बिर सार्वजनिक गरेको छ। यो तस्बिर हालसम्म लिइएका अन्तरिक्षका तस्बिरहरूमध्ये सबैभन्दा स्पष्ट र इन्फ्रारेड तस्बिर भएको बताइएको छ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले उक्त तस्बिर सार्वजनिक गर्दै ऐतिहासिक दिन भएको बताएका थिए। तस्बिरमा हालसम्म नदेखिएका थुप्रै बह्माण्ड पनि देखिएका छन्। अन्य तस्बिरहरू पनि सार्वजनिक गरिने नासाले जनाएको छ।
वेब टेलिस्कोप अन्तरिक्षमा लन्च गरिएको सबैभन्दा शक्तिशाली टेलिस्कोपमध्ये एक हो। यससँग २० वर्षसम्म सञ्चालन हुने पर्याप्त अतिरिक्त इन्धन क्षमता छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij