
May 08 2025 | २०८२, वैशाख २५ गते
काठमाडौँ । सिटिजन्स बैंकका १ जना संस्थापक सेयरधनी यम बहादुर खत्रीले आफ्नो स्वामित्वमा रहेको २६ हजार २४३ कित्ता सेयर बिक्री गर्ने भएका छन् । यसमा संस्थापक सेयरधनीले न्यूतम १४३ रुपैयाँलाई आधार मानेर आवेदन दिन सक्नेछन् ।
इच्छुक संस्थापक सेयरधनीले अबको ३५ दिनभित्र सिटिजन्स बैंकको प्रधान कार्यालय, नारायणहिटी पथ काठमाडौँमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने जनाइएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij