Jun 06 2026 | २०८३, जेठ २३ गते
जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार भएको छ। एएफपीले स्थानीय मिडियालाई उद्धृत गर्दै पूर्वप्रधानमन्त्री अबेको छातिमा गोली प्रहार भएको उल्लेख गरेको छ।
नारा सहरमा भाषण गर्दागर्दै उनीमाथि गोली प्रहार भएको थियो। उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको छ । गोली प्रहारमा संलग्न रहेका एक जनालाई पक्राउ गरिएको प्रहरीलाई उद्धृत गर्दै जापान टाइम्सले लेखेको छ।
आबे सन् २०१२ देखि २०२० सम्म जापानको प्रधानमन्त्री रहेका थिए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij