Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ। निरन्तरको वर्षाका कारण आएको बाढीमा परी बंगलादेशमा कम्तिमा एक सयभन्दा बढीले ज्यान गुमाएका छन्। यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँका ६४ ओटा जिल्ला बाढीका कारण प्रभावित भएका छन्। ती जिल्लामा गरी १०२ जनाको ज्यान गएको छ।
गएको मे १७ देखि जुन २८ सम्म बंगलादेशमा देशव्यापी रुपमा वर्षा भएको थियो। त्यतिबेला नै अधिकांश मानिसको ज्यान गएको बताइएको थियो। यहाँका कतिपय जिल्लाहरुमा पछिल्ला दिनहरुमा पनि बाढीको प्रकोप जारी छ। यहाँ बाढीले ल्याएका सर्पले टोकेर, चट्यांग परेर र बाढीले बगाएर धेरैको ज्यान गएको बताइएको छ।
बंगलादेशका स्वस्थ्य अधिकारीहरुले अहिले पनि यहाँका कतिपय स्थानमा बाढीको प्रकोप जारी रहेको र ठूलो संख्याका मानिसहरु विस्थापित भएका बताइएको छ। बाढी प्रभावितहरुको उद्धार र सहयोगका लागि ठूलो संख्यामा सहायताकर्मी र प्रहरी परिचालन गरिएको बताइएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij