Jun 06 2026 | २०८३, जेठ २३ गते
अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा रेड एयरको विमानमा आगलागी भएको छ। मंगलबार १२६ जना यात्रु बोकेको विमानमा अवतरणको क्रममा आगलागी भएको हो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार अहिलेसम्म आगलागीको कारण भने खुलेको छैन।
आगलागीको क्रममा घाइते भएका तीन जनालाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ।
मियामी विमानस्थल विभागका अनुसार अग्नि नियन्त्रण टोलीले आगलागीलाई नियन्त्रण लिएको थियो।
अहिले यस विषयमा थप अनुसन्धान भइरहेको फेडेरल एभिएसन अथोरिटीले बताएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij