सप्तरी । कृष्णा सावरण गाउँपालिकाका सतन दासलाई ९ सय ग्राम अवैध लागूऔषध गाँजासहित प्रहरीले पक्राउ गरेको छ । उनको घरमा लागूऔषध गाँजा रहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय महुलीबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।