Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

मानिस मारेको अभियोगमा भेडालाई ३ वर्ष जेल 

मानिस मारेको अभियोगमा भेडालाई ३ वर्ष जेल 

  • एजेन्सी । एउटा अनौठो घटनामा दक्षिण सुडानमा एउटा भेडालाई एक महिलाको हत्या गरेको अभियोगमा ३ वर्ष जेल सजाय सुनाइएको छ। सुडानको आई रेडियोका अनुसार यस महिनाको सुरुमा दक्षिण सुडानमा ४५ वर्षीय अधियु चापिङलाई आक्रमण गरेपछि भेडालाई प्रहरी हिरासतमा लिइएको थियो।

    onlinepatrika
    Arghakhachi

    भेडाले चापिङलाई बारम्बार हानेर उनको करङ भाँचिएको थियो। गम्भीर चोटका कारण ४५ वर्षीया महिलाको तत्काल मृत्यु भएको थियो। रुम्बेक इस्टको अक्युल योलमा भएको सो घटनापछि भेडालाई पक्राउ गरी प्रहरी चौकीमा राखिएको थियो। मेजर एलियाह माबोरले भने, ‘मालिक निर्दोष छन् र अपराध गर्ने भेडा नै हो, तसर्थ यो पक्राउ गर्न योग्य छ।’

    AGNI GROUP

    स्थानीय मिडिया रिपोर्टलाई उद्धृत गर्दै, लाडबिबलले जनाएको छ कि भेडाले सुडानको लेक राज्यको अडुएल काउन्टी मुख्यालयमा रहेको सैन्य शिविरमा अर्को ३ वर्ष बिताउनेछ। स्थानीय अदालतले भेडाका मालिक दुयोनी मन्याङ धालले पीडित परिवारलाई ५ वटा गाई बुझाउनुपर्ने आदेश दिएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij