Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

अमेरिकामा गोली चल्दा शिक्षकसहित कम्तीमा १५ जनाको मृत्यु

अमेरिकामा गोली चल्दा शिक्षकसहित कम्तीमा १५ जनाको मृत्यु

  • एजेन्सी । अमेरिकाको टेक्सासमा गोली चल्दा कम्तीमा  १४ बालबालिका र एक शिक्षकको मृत्यु भएको छ । रब एलिमेन्ट्री स्कुलमा १८ वर्षीय बन्दुकधारीले एक प्राथमिक विद्यालयमा हमला गर्दा उनीहरुको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । 

    images
    images
    images

    यो पछिल्लो हमला वर्षौंपछिको देशको सबैभन्दा डरलाग्दो आक्रमण सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । उक्त विद्यालयमा सातदेखि १० वर्षका बालबालिका अध्ययन गर्छन्। गभर्नर ग्रेग एबोटले पत्रकार सम्मेलनमा भने, ‘आक्रमणकारीले भयानक र बुझ्न नसकिने गरी १४ विद्यार्थी र एक शिक्षकको हत्या गरेको छ।’

    आक्रमणकारीको पनि मृत्यु भएको छ । कानुन पालना गराउने अधिकारीको कारबाहीमा उनी मारिएको प्रारम्भिक विवरणमा जनाइएको छ। 

    राष्ट्रपति जो बाइडनले मृतकहरूको सम्झनामा ३ दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाउन निर्देशन दिएका छन्

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij