
Apr 30 2025 | २०८२, वैशाख १७ गते
उदयपुर । त्रियुगा नगरपालिकाबाट ३ सय ८० ग्राम तौल भएको सालकको खपेटा (आखेटो पहार) सहित पहलमान कटुवाललाई प्रहरीले पक्राउ गरेको छ । साउनेबाट गाईघाटतर्फ जाँदै गरेको स १ ह २६९० नम्बरको अटोलाई नगर प्रहरी कार्यालय गाईघाटबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त अटोको सिटमुनि लुकाई राखेको उक्त खपेटा फेला पारी अटोका चालक कटुवाललाई पक्राउ गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij